आइसीसी यू १९ टी २० क्रिकेट : टस हारेर ब्याटिङ गर्दै नेपाल
काठमाडौं । आइसीसी यू १९ टी २० महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत बंगलादेशविरुद्धको खेलमा नेपालले टस हारेको छ।
मलेसियामा आजदेखि सुरु भएको प्रतियोगितमा बंगदलादेशकी कप्तान सुमैया अक्तरले टस जितेर पहिला बलिङ रोजेकी छन्।
विश्वकपमा पहिलो पटक सहभागिताको मौका पाएको नेपालले आज बंगलादेशलाई पराजित गर्दै प्रतियोगिताको सुखद् सुरुआत गर्ने लक्ष्यमा छ।
नेपाली युवा टोलीमा कप्तान पूजा महतासँगै सोनी पाख्रिन, किरनकुमारी कुँवर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, तिर्सना विक, रिया शर्मा, अलिशाकुमारी यादव, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र अनु कडायत छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment