नेपालले दियो बंगलादेशलाई ५२ रनको झिनो लक्ष्य
काठमाडौं । मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा नेपालले झिनो लक्ष्य दिएको छ।
आफ्नो पहिलो खेलमा शनिबार नेपालको ब्याटिङ नचल्दा नेपालले बंगललादेशलाई झिनो लक्ष्य दिएको हो।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १८.२ ओभरमा अल आउट हुँदै ५२ रनको झिनो योगफलमात्रै तयार पार्न सकेको हो।
नेपालकी ओपनर साना प्रविनले सर्वाधिक १९ रन जोडिन् भने सिमाना केसीले १० रन बनाउँदा अन्य नेपाली ब्याटरले दोहोरो अंकको रन जोड्न नसकेपछि बंगलादेशले झिनो लक्ष्य पाएको हो।
बंगलादेशका जनाथन माओलाले २ तथा अनिसा सोवा, फोयोमोदी चोया र निशीता अख्तरले समान १ विकेट लिएका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment