बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
काठमाडौं । नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ। आइसिसी यू–१९ टी– २० महिला विश्वकपको पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको हो।
मलेसियामा भएको खेलमा टस हारेर बंगलादेशविरुद्ध ब्याटिङ गरेको नेपालले दिएको ५३ रनको कमजोर लक्ष्य बंगलादेशले ५ विकेट गुमाएर १३.२ ओभरमै पूरा गर्न सफल भयो।
बंगलादेशको जितमा सुमैया अख्तर सुवर्णले ४, फाहोमिदा चोयाले १, जुइरिया फिरदौसले २, सादिया इस्लामले १६ र सुमैया अख्तरले १२ रनको योगदान दिए भने नटआउटमा रहेका अफिया आशिमा युगले ९ र जन्नतुल माउवाले ५ रन बनाउन सफल भइन्।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १८.२ ओभरमा अल आउट हुँदै ५२ रनको झिनो योगफलमात्रै तयार पार्न सकेको हो।
नेपालकी ओपनर साना प्रविनले सर्वाधिक १९ रन जोडिन् भने सिमाना केसीले १० रन बनाउँदा अन्य नेपाली ब्याटरले दोहोरो अंकको रन जोड्न नसकेपछि बंगलादेशले झिनो लक्ष्य पाएको हो।
बंगलादेशका जनाथन माओलाले २ तथा अनिसा सोवा, फोयोमोदी चोया र निशीता अख्तरले समान १ विकेट लिएका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment