कांग्रेस नेता महत दिल्ली प्रस्थान
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महत भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन्। भोली आइतबार आयोजना हुने नेपाली कांग्रेस निकट नेपाल जनसम्पर्क समितिको वार्षिक भेलालाई सम्बोधन गर्न उनी दिल्ली उडेका हुन्।
समितिले नेपाल–भारत सम्बन्ध बीपी विचार प्रवासी समस्या विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना पनि गरेको छ। सो कार्यक्रममा उनले प्रमुख अतिथिको रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनका निजी सचिवालयले जनाएको छ। नेता महत सोमबार नेपाल फर्किने कार्यक्रम रहेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment