परदेशमा रहेका नेपाली श्रमिकको जीवनमा खुसीका किरण छाउन् : एनआरएनए उपाध्यक्ष सन्तोष पौडेल
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष एवम् कतारका श्रमिक एडभाइजर सन्तोष पौडेलले नेपालीहरूको महान् चाडपर्वहरू बडादशैँ, शुभदीपावली (तिहार) तथा छठ पर्वको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना दिएका छन्।
शुभकामना सन्देश जारी गर्दै पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली, आफन्तजन, मित्रवर्ग एवं शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।
हाम्रा मौलिक संस्कृति, परम्परा, आपसी सद्भाव, प्रेम, एकता र भाइचारालाई यस्ता सांस्कृतिक पर्वहरूले अझ प्रगाढ बनाउँदै परिवार तथा समाजमा खुसी र उमङ्ग छर्न मद्दत पुर्याउने विश्वास उनले व्यक्त गरेका छन्।
खासगरी परदेशमा पसिना बगाइरहेका नेपाली श्रमिकहरूको योगदानको स्मरण गर्दै पौडेलले उनीहरूको जीवनमा पनि खुसीका किरणहरू छाऊन् भन्ने कामना गरेका छन्।
वैदेशिक रोजगारीका क्रममा घरपरिवारबाट टाढा रहेका दाजुभाइ तथा दिदीबहिनीहरूका लागि पुनर्मिलनको अवसर जुट्न सकोस् भन्दै हरेक घरआँगनमा सुख, शान्ति र समृद्धिको दीप प्रज्वलित हुने अपेक्षा उनले व्यक्त गरेका छन्।
यसैगरी, समाजमा आपसी विश्वास, सहिष्णुता र मानवताको भावना अझ बलियो बन्नुपर्नेमा जोड दिँदै पौडेलले विजयादशमीले सत्य र सदाचारको विजयको सन्देश दिने, दीपावलीले जीवनमा उज्यालो र आशा थप्ने तथा छठ पर्वले श्रद्धा, आस्था र सकारात्मक ऊर्जाको सञ्चार गर्ने बताएका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment