फ्र्याङ्कफर्टबाट दिल्ली उडेको एयर इन्डियाको उडानमा अपहरणको धम्की, जयपुरमा आपतकालीन अवतरण

डिसी नेपाल
२८ असोज २०८३ १४:४५
16
Shares

काठमाडौं । जर्मनीको फ्र्याङ्कफर्टबाट भारतको नयाँ दिल्लीका लागि उडेको एयर इन्डियाको यात्रुवाहक उडानमा बम विस्फोट गराउने र विमान अपहरण गर्ने शङ्कास्पद धम्की आएपछि जहाजलाई आकस्मिक रूपमा जयपुर अन्तर्राष्ट्रिय विमानस्थल मा डाइभर्ट गरिएको छ।

समाचार एजेन्सी पीटीआई र एएनआई का अनुसार एयर इन्डियाको उडान सङ्ख्या एआइ २०३० लाई सुरक्षा खतराको सूचना पाउनासाथ जयपुर विमानस्थलमा सुरक्षित रूपमा आपत्कालीन अवतरण गराइएको हो।

विमानस्थलमा अवतरण गराउनासाथ जहाजलाई मुख्य रनवे र टर्मिनलबाट टाढा आइसोलेसन बेमा लगिएको छ।

भारतीय सुरक्षा निकाय, बम डिस्पोजल टोली र नागरिक उड्डयन सुरक्षा अधिकारीहरू जयपुर विमानस्थल पुगेर जहाज, यात्रुहरू र उनीहरूको बगेजको कडा सुरक्षा जाँच गरिरहेका छन्।

सुरक्षा एजेन्सीहरूले बम र अपहरणको धम्की कहाँबाट र कसरी आयो भन्नेबारे विस्तृत अनुसन्धान गरिरहेका छन्।

पछिल्लो समय नागरिक उड्डयन क्षेत्रमा निरन्तर आइरहेका शङ्कास्पद धम्कीका कारण अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरूको सुरक्षामा उच्च सतर्कता अपनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *