मधेशलाई अधिकारसम्पन्न बनाउन अझै संघर्षको जरुरीः मुख्यमन्त्री सिंह

डिसी नेपाल
५ माघ २०८१ १८:४२
72
Shares

काठमाडौं। मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेशलाई अधिकारसम्पन्न बनाउन अझै संघर्षको जरुरी रहेको बताएका छन्।

मधेशी शहीद प्रतिष्ठानले बलिदानी दिवसको अवसरमा शनिबार जनकपुरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री सिंहले मधेस आन्दोलनको बलमा मुलुकले संघीयता पाएको र बाँकी अधिकार प्राप्तिकालागि अझै संघर्ष जरुरी रहेको बताएका हुन्। प्राप्त उपलब्धीलाई संस्थागत गर्दै चरणबद्ध रुपमा बाँकी अधिकारका लागि संघर्ष गर्नुपर्ने उनले बताए।

मुख्यमन्त्री सिंहले मधेश आन्दोलनको बलमा मुलुक संघीयतामा प्रवेश गरेपनि प्रहरी प्रशासन तथा ठूलठूला काम गर्न संघकै मुख ताक्नुपर्ने बाध्यताका कारण समस्या सिर्जना भईरहेको बताए।

त्यस्तै उनले शहीदहरुको परिवारको सम्मानमा प्रदेश सरकारले कुनै कमी नराख्ने प्रतिबद्धता जनाउँदै शहीद परिवारका लागि रोजगारीको सिर्जना गर्न कानूनै बनाएर अगाडि बढ्ने उल्लेख गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *