रााष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सांसद ढकाल सहभागी हुने

डिसी नेपाल
५ माघ २०८१ १४:४५
4.6k
Shares

काठमाडौं। प्रतिनिधि सभाका सदस्य एकनाथ ढकाल आज सयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन्।

सांसद ढकालले यही जनवरी २० तारिकमा दिन अमेरिकाको वाशिंगटन, डिसीआयोजना हुने अमेरिकन राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन अमेरिका गएका हुन्।

भ्रमणमा सांसद ढकालसँगै उनकी श्रीमती ब्लेसी गाडन ढकाल पनि सहभागी हुनेछिन्। सांसद ढकालले बिश्वकै शक्तिशाली राष्ट्रको राष्ट्र प्रमुखको सपथ ग्रहरणमा सहभागी हुन अवसरको रुपमा प्रयोग गर्दै नेपाल अमेरिका सम्बन्ध थप प्रगाढ बनाउन मद्दत पुग्ने बताए।

सांसद ढकाल ढकाल प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य हुन्। उनी नेपाल-अमेरिका संसदीय मैत्री समूहमा समेत आवद्ध छन्। बिश्वका दर्जनौं राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखसँग राम्रो सम्बन्ध स्थापित भएका नेताको ढकाल रुपमा चिनिन्छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *