महिला टवान्टी-२० विश्वकप, नेपाल आज अष्ट्रेलियासँग भिड्दै

डिसी नेपाल
९ माघ २०८१ ७:२६
320
Shares

काठमाडाैं। नेपालले आज अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ। आइसिसी महिला यु-१९ ट्वान्टी-२० विश्वकपमा नेपालले आज तेस्रो खेल खेल्न लागेको हो। यसअघिको दुवै खेलमा नेपालले पराजय भोग्नु परेको थियो।

नेपाल पहिलो खेलमा बंगलादेशसँग पाँच विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा स्कटल्याण्डसँग एक बिकेटले पराजित भएको थियो।

नेपालले प्रस्तुत गरेको ५३ रनको लक्ष्य बंगलादेशले १३.२ ओभरमा पाँच विकेट पूरा गरेको थियो अर्को खेलमा नेपालले प्रस्तुत गरेको ७४ रनको लक्ष्य स्कटल्यान्डले १८.४ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेर जीत हासिल गरेका थिए।

सोमबार मलेसियाको वाइएसडी युकेएम ओभलमा नेपाल स्कटल्यान्डसँग एक विकेटले पराजित भए पछि नेपालला आज जित्नै पर्ने दबाबमा छ। समूह ‘डी’ को शीर्षस्थानमा रहेको अस्ट्रेलियाले दुई खेलबाट ४ अंक जोडेको छ। बंगलादेश र स्कटल्यान्डको समान दुई अंक रहँदा नेपाल भने अंकविहीन छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *