सभापति कप फुटबल बिहीबारबाट
काठमाडौं। नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा बिहीबारबाट काठमाडौंमा सभापति कप फुटबल प्रतियोगिता सुरु हुँदैछ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने सभापति कप बिहीबार सुरु भइ माघ १७ गते सम्पन्न हुने आयोजकले जनाएको छ। प्रतियोगितामा आयोजकका तर्फबाट बागमती प्रदेशसहित मच्छिन्द्र क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, एनआरटी, संकटा क्लब, फ्रेन्ड्स क्लब, ब्वाइज युनाइटेड र संकटा क्लब सहभागी छन्।
प्रतियोगितामा सहभागी आठ टोलीले प्रतियोगिता खेल्न तयार रहेको र नजिता पनि राम्रो ल्याउने विश्वास व्यक्त गरेका छन्।
सभापति कपको पूर्वसन्ध्यामा बुधबार रंगशालामा आयोजित प्रि–म्याच कन्फ्रेन्समा प्रतियोगितामा सहभागी टिमले आफुहरु उपाधि दावेदारीका साथ मैदान उत्रने जनाएका हुन्। प्रतियोगिताको उद्घाटन खेलमा बिहीबार ब्वाइज युनाइटेड र संकटा क्लबबीच प्रतिष्पर्धा हुनेछ।
त्यस्तै माघ ११ गते मच्छिन्द्र र एपीएफ क्लब, माघ १२ गते नेपाल पुलिस क्लब र नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशबीच तथा माघ १३ गते एनआरटी र फ्रेन्ड्स क्लबबीच खेल हुने आयोजकले जनाएको छ। माघ १४ र १५ गते सेमिफाइनल तथा माघ १७ गते फाइनल खेल हुने छ।
प्रतियोगिताको विजेताले २६ लाख तथा उपविजेता टोलीले १३ लाख पुरस्कार पाउने नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment