राप्रपाले सरकारबिरुद्धको जनसंघर्षलाई सशक्त बनाउने

डिसी नेपाल
११ माघ २०८१ १३:३७
164
Shares

काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारबिरुद्धको जनसंघर्षलाई सशक्त बनाउने जनाएको छ।

शुक्रबारबाट काठमाडौंमा सुरु राप्रपा केन्द्रीय कार्यसमितिको बैठकले बिभिन्न माग राख्दै पार्टीले गरिरहेको आन्दोलन र जनसंघर्षलाई ठोस स्वरुप दिएर शसक्त बनाउने अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।

बैठकमा सरकारको कार्यशैलीको समीक्षा, पार्टीका आगामी रणनीति, प्रतिपक्षको भूमिका र अन्य सहकार्य लगायतका विषयमा समेत छलफल हुने उनले बताए।

कांग्रेस-एमालेजस्ता ठूला दल मिलेर बनेको सरकारले जनतामा आशा जागृत गर्न नसकेको, निराशा पैदा भएको र अर्थतन्त्र समेत शिथिल हुँदै गएको लिङ्देनले बताए।

उनले सरकारले प्रजातन्त्रलाई समेत कमजोर बनाउने गरि संसदलाई छलेर अध्यादेशमार्फत मुलुक सञ्चालन गर्ने परिस्थितिमा समेत बैठकमा समीक्षा हुने अध्यक्ष लिङ्देनले उल्लेख गरे।

त्यस्तै पार्टीको जिल्ला अधिवेशनको समीक्षा गर्दै तीव्रता दिन आवश्यक निर्देशन समेत बैठकले दिने राप्रपाले जनाएको छ। बैठक शनिबार सम्पन्न हुने बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *