अन्तिम खेलमा मलेसियालाई हराउँदै नेपालको सान्त्वना जित

डिसी नेपाल
११ माघ २०८१ १६:३८
700
Shares

काठमाडौं। आइसिसी यु–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ। प्ले अफमा घरेलु टोली मलेसियालाई सात विकेटले पराजित गरेर नेपालले सान्त्वना जित हासिल गरेको हो। यस जितसँगै नेपालले प्रतियोगिताको अन्त्यसमेत गरेको छ। जारी खेलमा मलेसिया भने जितविहिन रहदैँ बाहिरिएको छ।

मलेसियाको जोहर क्रिकेट एकेडेमी ओभलमा नेपालले टस जितेर पहिला फिल्डिङ राजेको थियो। मलेसियाले १६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ४५ रनको योगफल बनायो। ४६ रनको सामान्य लक्ष्य नेपालले ११ ओभरमा ३ विकेट गुमाएर पूरा ग¥यो

नेपालका लागि कप्तान पूजाले अविजित २३ रनको योगदान दिइन्। उनले ३२ बल खेल्ने क्रममा चार चौका प्रहार गरिन्। यसैगरी, ज्योत्सिन्का मरासिनले सात र सिमाना केसीले अविजित चार रन जोडिन्। बलिङतर्फ मलेसियाका लागि मार्सा क्विस्टिना बिन्टी अब्दुल्लाहले तीन विकेट लिइन्।

यसअघि ब्याटिङ गर्ने क्रममा मलेसियाका लागि नुरिमानले सर्वाधिक १५ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङतर्फ नेपालका लागि पूजा महतो एक्लैले चार विकेट लिइन् भने रचना चौधरीले तीन विकेट लिइन्। त्यसैगरी, रिया शर्मा र सिमाना केसीले एक एक विकेट लिए।

विश्वकपको समूह ‘डी’ मा रहेको नेपाल समूह चरणको तीनवटै खेलमा पराजित भएको थियो। नेपालले स्कटल्याण्ड, अस्ट्रेलिया र बंगलादेशसँग हार बेहोरेको थियो। यस्तै समूह ‘ए’ मा रहेको मलेसिया पनि समूह चरणमा भारत, श्रीलंका र वेस्ट इन्डिजसँग पराजित भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *