नेपाली सेनामा २५० जना सेकेन्ड लेफ्टिनेन्टका लागि जागिर खुल्यो (सूचना सहित)
काठमाडौँ । नेपाली सेनामा २५० जना अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट) का लागि भर्ना खुलेको छ। नेपाली सेनाले २ सय ५० जना अधिकृत क्याडेट पदका लागि आज बुधबार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरेर दरखास्त आह्वान गरेको हो।
नेपाली सेनामा दरखास्त आह्वान भएको २५० जनामा खुलातर्फ १३१ छ। जसका लागि सैनिक तालिम वा आफ्नो कर्तव्य गर्दा गर्दै कुनै शारीरिक चोटपटक लागि सोही कारणबाट शारीरिक रुपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततीले ७ सिटमा आवेदन दिन पाउँनेछन्।
त्यस्तै समावेशीतर्फ महिलाले २२ सिटमा आदिवासी जनजातिले ३६ सिटमा मधेशीले ३१ सिटमा दलितले १७ सिटमा र पिछडिएको क्षेत्रले ७ सिटमा अधिकृत क्याडेको लागि आवेदन दिन पाउने नेपाली सेनाको भर्ना छनौट निर्देशनालयले जनाएको छ। उक्त सूचनाअनुसार योग्यता पुगेको इच्छुक नेपाली नागरिकले यही भदौ ४ गतेदेखि असोज २ गतेसम्म आवेदन दिन सक्नेछन्। थप विवरण नेपाली सेनाको वेबसाईड www.nepalarmy.mil.np मा गएर पनि हेर्न सकिने छ ।
गोरखापत्रमा प्रकाशित आवेदन

No ads found for this position

डिसी नेपाल
Facebook Comment