राइट टु प्रोटिन रन हाफ म्याराथनको उपाधि आर्मीका राजन र सन्तोषीलाई
काठमाडौं । राइट टु प्रोटिन रन हाफ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका राजन रोकाय र सन्तोषी श्रेष्ठले जितेका छन्।
शनिबार भएको म्याराथनअन्तर्गत पुरुषतर्फ विजेता राजनले निर्धारित दूरी १ घण्टा ६ मिनेट १० सेकेण्डमा पूरा गरे। आर्मीकै खडक बहादुर खड्का दोस्रो र वाहोमका जुलियस मुर्कुली तेस्रो भए। खडकले १ घण्टा ६ मिनेट १५ सेकेण्ड र जुलियसले १ घन्टा ६ मिनेट २० सेकेन्डमा दूरी पूरा गरे।
त्यस्तै महिलातर्फ सन्तोषीले १ घण्टा २० मिनेट ४८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै उपाधि जितेकी हुन्। आर्मी क्लबकी पूर्ण लक्ष्मी न्यौपाने दोस्रो र एपिएफ क्लबकी पुष्पा भण्डारी तेस्रो भइन्। पूर्णलक्ष्मीले १ घण्टा २२ मिनेट ५१ सकेन्ड र पुष्पाले १ घन्टा २४ मिनेट २१ सेकेन्डमा दौड पूरा गरेकी थिइन्।
त्यस्तै पुरुष खुला १० किलोमिटर दौडमा सञ्जय विजयी भए। सञ्जयले निर्धारित दूरी ३० मिनेट १०.७ सेकेण्डमा पूरा गरे।
महिला ५ किलोमिटरको उपाधी एपीएफ क्लबकी फुलमती रानाले जितिन्। उनले निर्धारित दूरी २३ मिनेट १३ सेकेण्डमा पूरा गरिन्।
ह्वलचेयर पुरुषतर्फ भने रमेश खत्री विजयी भए। उनले निर्धारित दूरी ११ मिनेट ५० सकेण्डमा पूरा गरेका थिए। ह्वेलचेयरकै महिला तर्फ भने ऐश्वर्य कुमारी कुमालले पहिलो स्थान हासिल गरिन्।
उनले निर्धारित दूरी १५ मिनेट ४४ सेकेण्डमा पूरा गरिन्। नेपाल भेटेरिनरी संघको आयोजनामा भएको राइट टु प्रोटिन रनको विजेता सन्तोषी र राजनले समान १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment