रविलगायत आरोपितको सम्पत्ति रोक्का राख्न अदालतको आदेश

डिसी नेपाल
१३ माघ २०८१ २१:४५
8.2k
Shares

काठमाडौं । जिल्ला अदालत रुपन्देहीले रवि लामिछानेलगायत सुप्रिम सहकारी ठगी मुद्दामा प्रतिवादीको सम्पत्ति रोक्का राख्न आदेश दिएको छ।

न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासले थुनछेक बहसपछि रवि लामिछानेसँग एक करोड धरौटी माग्दै उक्त फैसला सुनाएका हुन्।

आदेशमा भनिएको छ, ‘अभियोग पत्रमा उल्लेखित प्रतिवादीहरूको नाममा रहेको सम्पत्ति मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ को नियम ९२ बमोजिम कुनै व्यहोराले हक हस्तान्तरण गर्न नपाउने गरी यथास्थितीमा रोक्का राखी सो को जवाफ पठाउनू भनी सम्बन्धित मालपोत कार्यालयहरुलाई लेखी पठाउनू।’

लामिछाने यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतबाट ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतबाट ६० लाख धरौटीमा रिहा भएका थिए।

तीन जिल्लामा गरेर लामिछानेसँग २ करोड २५ लाख धरौटी माग भएको छ।

सुप्रिम सहकारीबाट लामिछानेको नाममा २ करोड ऋण स्वीकृत गरी गोर्खा मिडियामा लगानी गरिएको थियो। लामिछानेसहितलाई प्रतिवादी बनाइ माघ ६ गते सरकारी वकिलले पूरक अभियोजन लगेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *