कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरवारमा जारी

डिसी नेपाल
१५ माघ २०८१ १२:३१
44
Shares

काठमाडौं। हिउँदे अधिवेसनका लागि तयारी तिब्र पारिएको छ। माघ १८ गते देखी सुरू हुने हिउँदे अधिवेसनका लागि सभामुख देबराज घिमिरेले सक्रियता बढाएका छन्।

जसअनुसार सभामुख घिमिरेले अहिले कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरवारमा जारी रहेकाे छ। साथै, विधेयक रहेका संसदीय समितिका सभापतिसँग पनि सभामुख घिमिरेले अलग अलग संवाद गरिरहेको उनका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए।

हिजो प्रमुख पाँच दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग सिंहदरवारमा छलफल गरिएको थियो भने सो अघि सत्तापक्षका मुख्य सचेतक, प्रमुख सचेतकसँग छलफल गरेका सभामुख घिमिरेले सो पछि दिउँसो २ बजे प्रमुख प्रतिपक्ष तथा प्रतिपक्षी दलका प्रमुख सचेतकसँग छलफल गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *