गृहमन्त्री रमेश लेखकद्वारा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण

डिसी नेपाल
१६ माघ २०८१ १२:२५
40
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सहिद दिवसको अवसरमा सहिदहरूप्रति उच्च सम्मान प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।

उनले बुधबार एक विज्ञप्ती जारी गर्दै नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना, मानव अधिकार र सामाजिक न्यायका लागि आफ्नो जीवन बलिदान दिनएका महान सहिदहरूप्रति उच्च सम्मान प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरेका हुन्।

उनले सहिद दिवस केवल सम्झना गर्ने दिन मात्र नभई सहिदहरूको बलिदानलाई सार्थक बनाउन सबैले संकल्प गर्ने अवसरको दिन पनि पनि रहेको बताए। उनले सहिदहरूको संघर्ष र बलिदानकै कारण स्वतन्त्रताको अनुभूति गर्न पाएको पनि बताए।

विज्ञप्तीमा भनिएको छ, ‘सहिदहरू राष्ट्रका अमूल्य निधी हुन्। सहिदहरूको संघर्ष र बलिदानकै कारण हामीले आजको स्वाधीनता, लोकतान्त्रिक शासन प्रणाली र नागरिक स्वतन्त्रताको अनुभूति गर्न पाएका छौं। सहिद दिवस केवल सम्झना गर्ने दिन मात्र नभई उहाँहरूको बलिदानलाई सार्थक बनाउन हामी सबैले संकल्प गर्ने अवसरको दिन पनि हो।’

उनले सहिद परिवारहरूको सम्मान र हितमा सरकार सधै प्रतिबद्ध रहेको बताए। सहिदहरूले देखाएको मार्गबाट समाजलाई समृद्ध बनाउँदै राष्ट्रलाई स्थायित्वको दिशामा अगाडि बढाउनुपर्ने पनि बताए।

अन्त्यमा उनले सम्पूर्ण सहिदहरूप्रति पुनः हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सहिदहरुको बलिदानलाई सार्थक बनाउने प्रण गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *