सदनमा रवि लामिछानेको सांसद पद निलम्बनको विरोध गर्ने रास्वपाको निर्णय

डिसी नेपाल
१६ माघ २०८१ १६:४७
712
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारले हालै ल्याएको अध्यादेशविरुद्ध सदनमा अस्वीकारको सूचना प्रस्ताव गर्ने निर्णय गरेको छ।

बुधबार पार्टी कार्यालय बनस्थलीमा बसेको रास्वपा संसदीय दल बैठकले सरकारले सदनलाई छलेर अध्यादेश ल्याएको भन्दै अस्वीकारको सूचना प्रस्ताव गर्ने निर्णय गरेको हो।

बैठकले रास्वपा संसदीय दलका नेता रवि लामिछानेविरुद्ध सरकारले राजनीतिक प्रतिशोधका आधारमा सम्पती शुद्धिकरणको समेत मुद्दा दायर गरेर सांसद पद निलम्बन गर्ने काम गरेको भन्दै त्यसको समेत सदनमा विरोध गर्ने निर्णय गरिएको रास्वपा प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।

त्यस्तै बैठकले पार्टी सभापति विरुद्धको राजनीतिक प्रतिशोषको बिषय उठान गर्ने, सहकारीका मुद्दा, अर्थतन्त्रका बिषय, असन्तुलित परराष्ट्र नीतिका विषयमा समेत सदनमा सशक्त रुपमा आवाज उठाउने निर्णय गरेको परियारले बताए। उनले सरकार गठनका समयमा भएको सात बुदे समझदारीको समेत विरोध गर्ने निर्णय गरिएको जानकारी दिए।

त्यस्तै बैठकले ताप्लेजुङमा निर्माणाधीन पाथीभरा देवी मुकुम्लुङ केबलकारका सम्बन्धमा देखिएको विवादका क्रममा भएको झडपको भत्र्सना गर्दै पीडितहरुलाई न्याय दिन समेत माग गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *