माघ २४ मा समाजवादी मोर्चाले काठमाडौंमा विरोधसभा गर्ने

डिसी नेपाल
१६ माघ २०८१ १७:३८
64
Shares

काठमाडौं । समाजवादी मोर्चाले आगामी माघ २४ गते काठमाडौंमा विरोधसभा आयोजना गर्ने भएको छ।

बुधबार नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको हो।

माघ २४ गते काठमाडौंमा एउटा भव्य विरोध प्रदर्शनसहितको सभा गर्ने निर्णय भएको नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिए।

चैतको पहिलो हप्तासम्म मधेशमा जनसभा आयोजना गर्ने निर्णयसमेत गरिएको उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *