पूर्वराजा आज भारत जाँदै

डिसी नेपाल
१७ माघ २०८१ ६:३७
304
Shares

काठमाडाैं। पूर्वराजा ज्ञानेन्द्र शाह आज भारतको गोरखपुर जाँदै छन। उनी गोरखनाथ मन्दिर पुगेर विशेष पूजाअर्चना गर्ने जनाइएको छ।

पूर्वराजा शाह हाल भैरहवामा छन्। बिहीबार भैरहवाबाट पूर्वराजा ज्ञानेन्द्र गोरखपुरतर्फ प्रस्थान गर्ने उनका संवाद सचिव फणीराज पाठकले जानकारी दिए।

पाठकका अनुसार गोरखपुर भ्रमणका क्रममा पूर्वराजा शाहले भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथसँगसमेत भेटवार्ता गर्नेछन्। गोरखनाथ मन्दिरमा पूर्वराजाले खिचडी चढाउने प्रचलन छ ।

सोही परम्परालाई निरन्तरता दिँदै पूर्वराजा शाह गोरखपुर जान लागेका हुन्। सोही अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ पनि गोरखनाथ आउने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *