पत्रकारिताको गुणस्तरीयता खस्कियो : प्रदीप ज्ञवाली

डिसी नेपाल
१७ माघ २०८१ १२:२६
44
Shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अहिलेको अवस्थामा गुणस्तरीय पत्रकारिता गर्न आवश्यक रहेको बताएका छन्।

बिहीबार प्रेस चौतारी ललितपुर जिल्ला समिति नेपालको छैटौं जिल्ला अधिवेशनमा बोल्दै उनले अहिले सूचना प्रविधिको दुरुपयोग भइरहेकाले सत्य तथ्यलाई जोगाउन आवश्यक रहेको बताएका हुन्।

उनले भने, ‘मिडियालाई सत्यतथ्यको लागि बचाउनुपर्ने छ। प्रेस चौतारीले मिडियाहरुलाई कसरी बचाउने ठूलो चुनौति छ। सूचना प्रविधिको दुरुपयोग असाध्यै तीव्र रफ्तारमा गइरहेको छ। सही र गलत सूचनाको बीचमा मिडिया छन्। जानकारीमूलक समाचारलाई जोगाउन आवश्यक छ।’

साथै उनले अहिलेको समयमा धेरै मिडियाहरु भएकाले संख्याको हिसावले मिडिया नजोगिने बताए। उनले संचारमाध्यमहरु टिक्नको लागि कतिको गहिराइका साथ समाचार उजागर गर्न सकिन्छ भन्ने विषय ठूलो भएको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *