प्रचण्ड र अखिल क्रान्तिकारीका नवनिर्वाचित पदाधिकारीबीच भेटवार्ता

डिसी नेपाल
१७ माघ २०८१ १४:२४
348
Shares

काठमाडाैं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अखिल क्रान्तिकारीका नवनिर्वाचित पदाधिकारीसहितको टिमबीच भेटबार्ता भएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवासमा सो भेटघाट भएको हो। प्रकाश सापकोटाको अध्यक्षतामा नयाँ केन्द्रिय कार्यसमिति चयन भएको हो।

‘आज विहान खुमलटारमा अखिल क्रान्तिकारीका नवनिर्वाचित पदाधिकारीहरूसँग भेट भयो, आन्तरिक लोकतन्त्रको अभ्यासमार्फत निर्वाचित नौजवान युवाहरूको उर्जा नेपाली समाजको अग्रगामी रुपान्तरणका लागि शैक्षिक आन्दोलनको अगुवाई र राजनैतिक आन्दोलनको सेवा गर्न सहि ढंगले प्रयोग हुने विश्वास लिएको छु,’ अध्यक्ष प्रचण्डले सो भेटबार्ता पछि भने, ‘ सम्पूर्ण निर्वाचित टिमलाई पुनः हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।’

उनले अगाडि भने, ‘विद्यार्थी आन्दोलनबाट विदाई भएका सबै युवा कमरेडहरूलाई पार्टीका विभिन्न भुमिकामा रहेर क्रियाशिल हुन आग्रह गर्दछु।’ साथै,
सम्मेलन सफल पार्न अहोरात्र खट्ने निर्वाचन आयोग र समिति, सम्पूर्ण पार्टी पंक्ति, युवा तथा अन्य जनसंगठन, सुरक्षाकर्मी र पत्रकारहरू प्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *