नेपाल टेलिभिजनले गुणस्तरीय कार्यक्रम ल्याउन सकेन : मन्त्री गुरुङ

डिसी नेपाल
१७ माघ २०८१ १९:१८
60
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल टेलिभिजन देशको पुरानो टेलिभिजन भए पनि गुणस्तरीय कार्यक्रम ल्याउन नसकेको बताएका छन्।

बिहीबार नेपाल टेलिभिजनको वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री गुरुङले नेपाल टेलिभिजनले प्रेस स्वतन्त्रालाई प्रत्याभुति दिने खालका कार्यक्रम नल्याएको बताएका हुन्।

उनले भने, ‘हाम्रो टेलिभिजनले प्रोग्रामहरु दिन सकेको छैन्। म आज भन्छु, हाम्रोमा प्रोग्रामहरु आकर्षण खालको, जनतालाई सूचना दिने खालको, प्रेस स्वतन्त्रता अभिव्यक्ति, स्वतन्त्रालाई प्रत्याभुति दिने खालको व्यापक जनतालाई समेट्ने खालको सही तथ्य सूचना दिने खालको प्रोग्रामहरु ल्याउनु पर्‍यो। सबै भन्दा पुरानो भन्छौ तर हामीले किन गर्न नसकेको ? राम्रो राम्रो कार्यक्रमहरु सबै अर्कैकोमा छ अब त्यो सबै हाम्रोमा हुनुपर्छ। त्यसको लागी के गर्नपर्छ हामी गर्छौ। मन्त्रालयले के गनुपर्छ हामी गर्छौ।’

त्यस्तै, उनले राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता, भौगोलिक अखण्डता, सामाजिक सद्भाव, समावेशिता सहभागितामूलक लोकतान्त्रिक त्यसको सुदृढताको लागी जनताको घर–घरमा नेपाल टेलिभिजन देखिनेगरी काम गर्न आग्रह गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *