जुन पार्टी अध्यादेशबाट जन्मियो, त्यसैले अध्यादेश ठिक छैन भन्नु अचम्म : योगेश भट्टराई

डिसी नेपाल
१८ माघ २०८१ १५:०९
592
Shares

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले माधव नेपालको पार्टी नेकपा एकीकृत समाजवादीप्रति कटाक्ष गरेका छन्।

अध्यादेशबाट जन्मिएको पार्टीले अध्यादेश ठिक छैन भन्दै हिँड्नु अचम्मको विषय भएको उनले बताए। ‘२०७८ सालमा १६ वटा अध्यादेश आएका रहेछन्। त्यतिबेला त एमाले सरकारमा थिएन। त्यो बेला एमाले पार्टी नै फुटाइयो,’ उनले भने, ‘जुन अध्यादेशबाट पार्टी जन्मियो, त्यही पार्टी अध्यादेश ठिक छैन भन्छ। के हुन लागेको यो अचम्मै हुँदैछ नेपालमा।’

उनले केपी ओलीले मात्रै अध्यायदेश ल्याएको नभइ पुष्पकमल दाहालको पालामा समेत अध्यादेश आएको स्मरण गरे।

उनले अध्यादेशका प्रावधान रहेको भन्दै उनले सरकारलाई संवैधानिक तरिकाले चलाउन अध्यादेश चाहिने बताए। उनले अध्यादेशका कन्टेन्टमा असहमति भए प्रतिस्थापन विधेयक ल्याउन दाहाललाई सुझाव दिए।

‘प्रतिस्थापन विधेयक तपाईंकै नामबाट आओस्, छलफल गर्न तयार छौं,’ उनले भने।

सरकारले सुकुम्बासी समस्यादेखि उद्योगी व्यवसायीका समस्या समाधान गर्न अध्यादेश ल्याएको भन्दै आवश्यक छलफल गरेर पारित गर्नुपर्नेमा जोड दिए। उनले सरकारले ल्याएका सबै अध्यादेशको बचाउ गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *