अधिवेशनबाट अधिकतम कानुन पारित गरौँ: अध्यक्ष राउत

डिसी नेपाल
१८ माघ २०८१ १७:२२
100
Shares

काठमाडौं। जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउतले संसद्को हिउँदे अधिवेशनलाई बढीभन्दा बढी प्रभावकारी बनाउने र अधिकतम कानुन निर्माणमा केन्द्रित गर्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा अध्यक्ष राउतले सरकारले लामो समय संसद् बन्धक बनाएको आरोप लगाउँँदै सञ्चालन भएको बेला बढीभन्दा बढी काम गर्न सक्नुपर्ने बताए। “संसद्को साँचो सरकारसँग भएकाले लामो समय बन्धक भयो। ढिलै भए पनि हामीले जनताका कुरा संसद्मा राख्न पाएका छौँ । अधिकतम ऐन कानुन यो संसद्बाट पारित गरौँ’, उनले भने।

सुशासन र लगानी प्रवर्द्धनका लागि आएका अध्यादेश स्वागतयोग्य रहेका उनले बताए। अध्यादेशमार्फत सूचना प्रविधिका क्षेत्रमा काम गरिरहेका कम्पनीहरुलाई सहजीकरण गर्नसक्ने व्यवस्था सकारात्मक रहेको अध्यक्ष राउतको भनाइ थियो। भूमिहीनलाई व्यवस्थापन गर्ने विषय राम्रो भएको उनले बताए। ‘वास्तविक भूमिहीन पहिचान गरेर जग्गा वितरण गर्नुपर्छ’, उनले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *