नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै
काठमाडौं । त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–ट्वान्टी सिरिजअन्तर्गत नेपालले दोस्रो खेलमा आज थाइल्याण्डविरुद्ध ब्याटिङ गरिरहेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेकी हुन् । यसअघि नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो । थाइल्याण्डले भने आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सलाई आठ विकेटले पराजित गरेको थियो ।
नेपाली टोलीमा इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, बिन्दु रावल, ममता चौधरी, सम्झना खड्का, सिता राना मगर, मनिषा उपाध्याय, कविता कुँवर, इश्वरी बिष्ट, पूजा महतो, राजमती ऐरी, कविता जोशी, रोमा थापा, अलिसाकुमारी यादव र रेवती धामी रहेका छन् ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment