नेपालले थाइल्याण्डलाई दियो १०२ रनको लक्ष्य
काठमाडौं । महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको आज(शनिबार)भएको खेलमा नेपालले थाइल्याण्डलाई एकसय २ रनको लक्ष्य दिएको छ।
शनिबार कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २ रनको लक्ष्य दिएको हो।
दुवै टोली आफ्नो दोस्रो खेल खेल्दैछन्। नेपाल पहिलो जितको खोजीमा रहँदा थाइल्याण्ड दोस्रो जितको खोजीमा छ। पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो।
थाइल्याण्डले शुक्रवार भएको खेलमा नेदरल्याण्ड्समाथि ८ विकेटको सहज जित हासिल गरेको थियो।
नेपाल र थाइल्याण्डबीचको यसअघि भएका ३ वटा टि ट्वान्टी आई खेलमा नेपाल सबैमा पराजित भएको थियो। थाइल्याण्डसँग नेपालले घरेलु भूमिमा पहिलो पटक खेलिरहेको छ।
नेपाली टोलीमा इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, बिन्दु रावल, ममता चौधरी, सम्झना खड्का, सिता राना मगर, मनिषा उपाध्याय, कविता कुँवर, इश्वरी बिष्ट, पूजा महतो, राजमती ऐरी, कविता जोशी, रोमा थापा, अलिसाकुमारी यादव र रेवती धामी रहेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment