तीन वर्षअघि निर्माण सकिएको मसिनेचौर विमानस्थल अलपत्र
काठमाडौं । तीन वर्षअघि निर्माणकार्य सम्पन्न भएको डोल्पाको मसिनेचौर विमानस्थल अझैँ सञ्चालनमा आउन सकेको छैन।
त्रिपुरासुन्दरी नगरपालिका-७ पहाडामा रहेको उक्त विमानस्थलको कालोपत्रे लगायत पूर्वाधार निर्माणको काम २०७८ सालमै सकिए पनि अझैँ सञ्चालनमा आउन सकेको छैन।
मसिनेचौर विमानस्थल २०५१ सालमा शिलान्यास भएर ०५२ साल देखि निर्माण सुरु भएको थियो। जहाँज चढ्ने आसामा रोपनी जग्गा बिमानस्थललाइ दिएका पहाडावासीले २९ वर्ष पर्खदा पनि जहाज देख्न अझै पाएका छैनन्।
तत्कालीन जिल्ला विकास समितिका सभापती स्वर्गीय ओमबहादुर बुढाले शिलान्यास गरेको उक्त विमानस्थल निर्माणकालागि हालसम्म राज्यको २८ करोड ६० लाख खर्च भइसकेको छ। विमानस्थल सञ्चालनका लागि आवश्यक सम्पूर्ण पूर्वाधार निर्माणको काम भइसकेकाले जतिसक्दो छिटो परीक्षण उडान स्थानीयको माग छ।
तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उडड्यमन्त्री सुदन किँरातीले दुई पटक परीक्षण उडानको मिति तोके पनि उडान नभएको डोल्पालीको गुनासो छ।
निर्माण पूरा भएको लामोसमय बितिसक्दा पनि जहाज नआएपछि राज्यको करोडौं लागनी भएको मसिनेचौर विमानस्थलका भौतिक संरचना जिर्ण बन्न थालेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment