मोन्टी देसाईको सम्झौता नवीकरण नगर्ने क्यानको निर्णय

डिसी नेपाल
१९ माघ २०८१ १९:१४
392
Shares

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय टीमका मुख्य प्रशिक्षक मोन्टी देसाईको सम्झौता नविकरण नगर्ने भएको छ।

दुई वर्षअघि नेपाली राष्ट्रिय टीमको प्रशिक्षकमा नियुक्त भएका उनको सम्झौता सकिएसँगै सम्झौता नवीकरण नगर्ने निर्णय भएको क्यानले जनाएको छ।

क्यानले देसाईलाई बिदाई गर्दै उनको प्रशिक्षणमा नेपाली पुरुष क्रिकेट टीमलेk गरेको उत्कृष्ट प्रदर्शन र सफलताको लागि उनलाई धन्यवाद ज्ञापनसमेत गरेको छ

देसाई २०७९ माघमा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टीमको प्रमुख प्रशिक्षक नियुक्त भएका थिए ।

उनी प्रशिक्षक बनेसँगै नेपालले लिग–२ का अन्तिम १२ मध्ये ११ खेल जितेर एक दिवसीय मान्यता जोगाएको थियो। यस्तै नेपालले पहिलोपटक एसिया कप तथा १० वर्षपछि आईसीसी टी-२० विश्वकप पनि उनकै प्रशिक्षणमा खेलेको थियो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *