भूमिहीनलाई जमिनको मालिक बनाउन अध्यादेश ल्याइएको होः पदमा अर्याल

डिसी नेपाल
१९ माघ २०८१ १९:४१
448
Shares

काठमाडौं। नेकपा (एमाले) की सचिव पद्मा अर्यालले भूमिहीन नागरिकलाई जमिनको मालिक बनाउन अध्यादेशमार्फत भूमिसम्बन्धी ऐन संशोधन गरिएको बताएकी छन्।

शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले भूमिहीन सुकुम्बासीहरुलाई भूमिको मालिक छिटोभन्दा छिटो बनाउन सकियोस् भन्ने मनशायका साथ धेरै चिजमा हात नहालिकन कामलाई छिटो छरितो बनाउने हिसाबले भूमि ऐन संशोधन भएको बताइन्। अव्यवस्थित बसोबासीहरुलाई पनि निश्चित रकम लिएर जमिन उपलब्ध गराउने उनले बताइन्।

त्यस्तै, विदेशी लगानी भित्र्याउन, जनतालाई सरकारबाट प्रदान गरिने सेवाहरु छिटोछरितो तरिकाले प्रदान गर्न अध्यादेश ल्याइएको उनको भनाइ छ। उनले सामाजिक सञ्जाल नियमन विधेयकको सन्दर्भमा आफूहरुको ध्यानाकार्षण भएको बताइन्। सचिव अर्यालले उक्त विधेयक नियमनको निम्ति बनाइएको र नियन्त्रणका लागि नभएको जिकिर गरिन्।

अध्यादेशमार्फत कानुन संशोधन भएपछि निजी क्षेत्र र आईटी क्षेत्रका लगानीकर्ताहरु खुसी रहेको उनले बताइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *