न्यायपरिषद्को सदस्यमा खड्काको नाम सर्वसम्मत अनुमोदन

डिसी नेपाल
२० माघ २०८१ १७:४३
280
Shares

काठमाडौं । संसदीय सुनुवाइ समितिले न्यायपरिषद्को सदस्यमा सिफारिस दामोदर खड्काको नाम सर्वसम्मतले अनुमोदन गरेको छ।

आइतबार सिंहदरबारमा बसेको बैठकले खड्काको संसदीय सुनुवाई गर्दै सर्वसम्मतीले उहाको नाम अनुमोदन गरेको हो। न्यायपरिषद्को पुस २९ को पत्रअनुसार सिफारिस हुनुभएका खड्कालाई न्याय परिषद्को सदस्यमा सर्वसम्मतिले अनुमोदन गर्ने निर्णय भएको समिति सभापति ईश्वरीदेवी न्यौपानले जानकारी दिइन्।

त्यसअघि बैठकमा संसदीय सुनुवाईका क्रममा प्रस्तावित न्यायपरिषद्क सदस्य खड्काले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै न्यायपालिकाको छवि अभिवृद्धि गर्ने र न्यायालयको सुधार र गरिमा कायम प्रतिवद्धता जनाए।

संविधान र कानूनप्रति आस्था राख्दै स्वतन्त्र पूर्वक काम गर्ने उहाले बताउनुभयो । उहाले न्यायाधीश नियुक्तिको लागि सिफारिस गर्दा स्थापित सिफारिसका आधारलाई पारदर्शी बनाउने प्रयास रहने उल्लेख गरे।

पौष २७ गते बसेको नेपाल बार एसोसिएसनको कार्यसमितिको बैठकले वरिष्ठ अधिवक्ता खड्कालाई रिक्त न्याय परिषद्को सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो। संसदीय सुनवाइबाट अनुमोदित भएपछि परिषद् सदस्य नियुक्त हुने प्रक्रिया रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *