उमागौरी सहकारीका अध्यक्ष रौनियार पुर्पक्षका लागि जेल चलान

डिसी नेपाल
२० माघ २०८१ १७:५१
80
Shares

काठमाडौं। मोरङको उमागौरी सहकारी ठगी प्रकरणमा पक्राउ परेका सहकारीका अध्यक्ष शम्भु रौनियार जेल चलान भएका छन्। आइतबार जिल्ला न्यायाधीश अरुणकुमार झाको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका हुन्।

तीन दिनदेखिको बयान तथा थुनछेक बयानपछि रौनियारलाई कारागार चलान गर्ने फैसला भएको हो। सो सहकारी ठगीमा २६ जनालाई प्रतिवादी बनाइएको थियो।

सत्तारुढ दल नेकपा एमालेका नेतासमेत रहेका उनी सहकारी समस्यामा परेपछि फरार भएका थिए। सोही सहकारी ठगीमा एमाले सांसद ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालासमेत मुछिएकी छन्। उनी १० लाख धरौटीमा रिहा भइसकेकी छन्।

अध्यक्ष रौनियार र सांसद पत्नी कोइरालासहित यो मुद्दामा २६ जनालाई प्रतिवादी बनाएर मंसिर २७ गते सहकारीको रकम अपचलन मुद्दा दायर भएको थियो।

२८ मंसिरमा जिल्ला अदालत मोरङले सहकारीका सञ्चालक तथा धनपालथानका पूर्ववडाध्यक्ष रोशन राजवंशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

२६ जनासँग २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो मागदाबी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *