सैनिक ब्यारेकमा करेन्ट लागेर कामदारको मृत्यु

डिसी नेपाल
४ भदौ २०७६ २३:४२

मध्यपुरथिमि । चाँगुनारायण नगरपालिका ५ खरिपाटीस्थित नेपाली सेनाको ब्यारेक सैनिक प्रतिष्ठान खरिपाटीमा करेन्ट लागेर आज एक मजदूरको मृत्यु भएको छ।

आज महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरीले नायब उपरीक्षक रेवतीरमण पोखरेलले नेपाली सेनाको उक्त ब्यारेक भवनमा टायल मार्बलको काम गर्ने भारत मोतिहारी घर भई हाल सोही ब्यारेक भवनमा बस्दै आएका १९ वर्षीय प्रदीपकुमार हजामको करेन्ट लागेर मृत्यु भएको जानकारी दिए।

करेन्ट लागेर घाइते भएका हजामको भक्तपुर अस्पताल उपचारका क्रममा मृत्यु भएको जानकारी दिँदै प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *