सामाजिक सुरक्षा भत्ताको सम्पूर्ण श्रेय प्रधानमन्त्री ओलीलाई जान्छः अर्थमन्त्री पौडेल
फाइल फाेटाे
बुटवल। उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सामाजिक सुरक्षा भत्ताको सम्पूर्ण श्रेय प्रधानमन्त्री केपी शर्मा ओलीलाई जाने बताइका छन्।
सोमबार रुपन्देहीको तिलोत्तमामा बन्न लागेको ज्येष्ठ नागरिक मिलन केन्द्र दिवा सेवाको अत्याधुनिक भवनको शिलान्यास गर्दै उनले केपी शर्मा ओलीको प्रयत्नबाट सामाजिक सुरक्षा भत्ताले निरन्तरता पाएको भन्दै यसको सम्पूर्ण श्रेय उनलाई दिनुपर्ने बताए।
उनले ज्येष्ठ नागरिकहरुको सुरक्षा र चाहनाप्रति राज्य विमुख हुन नमिल्ने भन्दै वर्तमान सरकार यी कुराका निम्ति सचेत र संवेदनशील रहेको धारणा राखे।
समाजमा धेरै चिजहरु हराउदै गएमा चिन्ता व्यक्त गर्दै उहाले पुरानो पुस्ताले नयाँ पुस्तालाई ज्ञान सिप र अनुभबलाई हस्तान्तरण गरेर जानु पर्ने उल्लेख गरे।
उनले सरकारले ज्येष्ठ नागरिकप्रति गरेको काम प्रयाप्त नरहेकाले थप जिम्मेवारीका साथ सरकार अघि बढ्ने प्रतिवद्धता जनाए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment