त्रिदेशीय टी-२० मा नेपालको लगातार पाँचौ हार

डिसी नेपाल
२३ माघ २०८१ १५:३८
152
Shares

काठमाडौं । काठमाडौंमा जारी त्रिदेशीय टी–२० अन्तराष्ट्रिय क्रिकेट शृङ्खलामा घरेलु टोली नेपालले लगातार पाँचौ हार व्यहोरेको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा नेदरल्यान्ड्सले नेपाललाई १० विकेटले पराजित गरेको हो। जितका लागि १४६ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १९ दशमलव ४ ओभरमा विना कुनै विकेटको क्षति १ सय ५१ रन बनायो। नेदरल्यान्ड्सका लाथि स्ट्री कालिसले सर्वाधिक ९८ रन बनाइन्।

त्यस्तअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १४५ रन बनाएको थियो। नेपालका लागि पुजा महतोले सर्वाधिक ६२ रनको पारि खेलेकी थिइन्।

बलिङतर्फ नेदरल्याण्ड्सका लागि आइरिस जुइलिङले दुई विकेट तथा क्यारोलिन डे लेङ र हेदर सिजर्सले एकएक विकेट लिन सफल भइन्। शृङ्खलामा नेपालले हालसम्म ५ खेल खेल्दा पाँचै खेल हारेको छ भने नेदरल्यान्ड्सले ५ मध्ये ३ खेल जितेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *