सरकारले ल्याएको अध्यादेश सकारात्मक रहेको जसपाको निष्कर्ष
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यादेश अध्ययन गर्न गठित कार्यदलले सरकारले ल्याएको अध्यादेश सकारात्मक रहेको निष्कर्ष निकालेको छ।
सिंहदरबारमा बुधबार बसेको कार्यदल बैठकले बिज्ञसँग छलफल गर्दै सरकारले ल्याएको अध्यादेशको प्रक्रिया गलत भए पनि उद्देश्य समग्रमा सही नै भएको निष्कर्ष निकालेको हो।
बैठकपछि कार्यदल संयोजक राजकिशोर यादवले प्रक्रिया गलत भए पनि अध्यादेश सकारात्मक रहेको बताए। सरकारलाई एकपटक सचेत गराउँदै भविष्यमा अध्यादेशबाट राज्य सञ्चालन गर्ने मनसाय नवनाउन सुझाव दिइने उनको भनाइ छ।
उनले अध्यादेशको विषयगत सबै उल्लेख गरेर पार्टीलाई प्रतिवेदन हस्तान्तरण गर्ने उल्लेख गरे। प्रतिवेदनका आधारमा पार्टीको संसदीय दलको बैठकले अध्यादेशका बारेमा आवश्यक निर्णय गर्ने संयोजक यादवले बताए।
उनले बिहीबार बस्ने संसद बैठक अघि समर्थन गर्ने कि नगर्ने भन्ने निर्णय लिइने बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment