अध्यादेशविरुद्ध सदनमा शसक्त रुपमा धारणा राख्ने रास्वपाको निर्णय

डिसी नेपाल
२३ माघ २०८१ १८:३६
84
Shares

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारले ल्याएको अध्यादेशविरुद्ध सदनमा शसक्त रुपमा धारणा राख्ने निर्णय गरेको छ।

सिंहदरबारमा बुधबार बसेको रास्वपा संसदीय दल बैठकले ६ वटा अध्यादेशविरुद्ध विरोधका सूचना दर्ता गरेको भन्दै अध्यादेशविरुद्ध सदनमा शसक्त धारणा राख्ने निर्णय गरेको हो।

बैठकले संसदको चालू अधिवेशनको पहिलो बैठकको आकस्मिक समयमा सभामुखले बोल्न समय नदिएकोप्रति आपत्ती जनाउदै आगामी बैठकको आकस्मिक समयमा बोल्न समय माग गर्ने निर्णय गरेको छ भने संसदमा विचाराधीन विधेयकलाई अध्ययन गर्नका लागि पार्टीको विधेयक अध्ययन समितिलाई सक्रिय बनाउने निर्णय गरिएको रास्वपा सचेतक निशा डाँगीले जानकारी दिइन्।

त्यस्तै आगामी दिनका संसदको बैठकका शून्य र विशेष समयमा पार्टीको एजेण्डा र जनताका आवाजलाई प्रभावकारी ढंगले उठान गर्ने निर्णय गरिएको सचेतक डाँगीले बताइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *