पदको औचित्य पुष्टि गर्न सके मात्रै सफल नेतृत्व सावित: मन्त्री गुरुङ

डिसी नेपाल
२३ माघ २०८१ २०:३३
56
Shares

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पदको औचित्य पुष्टि गर्न सके मात्रै सफल नेतृत्व सावित हुने बताएका छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज नेपाल निजामती कर्मचारी संगठनको १२औँ विभागीय अधिवेशनमा बोल्दै मन्त्री गुरुङले पदमा हुँदैमा सक्षम नेतृत्व सावित नहुने बताए। सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का संस्थापक एवं पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वको चर्चा गर्दै हालका प्रधानमन्त्री केपी शर्मा ओलीकोसमेत नेतृत्व क्षमताको उदाहरण दिए।

‘पद पाउनु नेतृत्व सावित हुनु होइन,’ उनले भने, ‘पदीय जिम्मेवारीमार्फत के कस्ता परिवर्तन ल्याउन सक्यो त्यो नेतृत्व क्षमता हो।’ रुपान्तरण ल्याउन सक्ने नेताले जनताको मनमा स्थान पाउने धारणा उनको थियो।

उनले निजामती कर्मचारी सङ्गठनको कार्यशैलीप्रति प्रशंसा व्यक्त गर्दै बलियो संगठन बन्न विचार, भावना, संगठन र शैलीमा एकरुपता आवश्यक रहको उल्लेख गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *