राष्ट्रपति पौडेलद्वारा भट्टराईको निधनप्रति दुःख व्यक्त
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले भानु साहित्य उद्यान समितिका अध्यक्ष एवं सरकारका पूर्वसचिव विजयराज भट्टराईको निधनबाट आफू स्तब्ध भएको बताउँदै मुलुकले एक कर्मठ र निष्ठावान् राष्ट्रसेवक गुमाएको बताएका छन्।
स्व भट्टराईका परिवारजनलाई आज एक समवेदना सन्देश पठाउँदै राष्ट्रपति पौडेलले दुःख व्यक्त गरेका हुन्। ‘मेडिसीटी अस्पतालमा उपचारकै क्रममा यही माघ २१ गते भट्टराइको दुःखद् निधन भएको खबरले म स्तब्ध भएको छु, विद्यार्थी अवस्थादेखि नै अत्यन्त प्रखर र कर्मनिष्ठ व्यक्तित्व भट्टराईको निधन राष्ट्र र समाजका लागि अपुरणीय क्षति हो’, समवेदना सन्देशमा भनिएको छ।
राष्ट्रपति पौडेलले स्व भट्टराईको दिवंगत आत्माको चीरशान्तिको कामनासहित शोकाकूल परिवारजनमा समवेदना प्रकट गरेका छन्। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल र राष्ट्रपतिका सुपुत्री अवज्ञा पौडेलले सो समवेदना सन्देश भट्टराईको निवासमा गएर आज परिवारजनलाई हस्तान्तरण गरेका थिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment