तयारीबीना संसद‍्मा नबोल्न देउवाको निर्देशन

डिसी नेपाल
२४ माघ २०८१ १३:५०
1.3k
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका सांसदलाई तयारी गरेर मात्र संसद‍्मा बोल्न निर्देशन दिएका छन्।

सदनमा सांसद‍्ले बोलेको जनताले हेर्ने भएकाले जनतासँग र आफ्नो निर्वाचन क्षेत्रसँग सम्बन्धीत विषय पनि जोडदार उठाउन उनले बिहीबारको संसदीय दलको बैठकमा निर्देशन दिएका हुन्।

आफ्नो निर्वाचन क्षेत्रलगायत देशभर भएका समस्यालाई अध्ययन गरेर संसद्‍मा प्रस्तुत हुन उनले सांसदलाई निर्देशन दिएको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *