एमाले बनेका बादल भन्छन्- माओवादी युद्ध हिँसा नै हो
फाइल फाेटाे
काठमाडौं । माओवादीबाट एमाले भएका रामबहादुर थापा ‘बादल’ले एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी जनयुद्धलाई हिंसा भनेकोमा कुनै आपत्ति नरहेको बताएका छन्।
बिहीबार पत्रकार महासंघ अछामले गरेको पत्रकार सम्मेलनमा एमाले उपाध्यक्षसमेत रहेका उनले युद्ध भनेको हिंसा रहेको त्यहाँ मर्ने र मार्ने कार्य हुने बताउँदै ओलीको भनाइप्रति कुनै आपत्ति नरहेको बताएका हुन्।
क्रान्तिकारीहरूले युद्धद्वारा समस्या समाधान गर्ने बताउँदै उद्ध भनेको वर्ग संघर्षको, राजनीतिक आन्दोलनको एउटा उच्चतमरुप भएको बताए। ‘कुनै गुण्डाले कसैलाई मार्यो, बलात्कार गरेर मार्यो भने त्यो हिंसा होइन। प्रत्येक हिंसा चाहीँ युद्ध हुँदैन’, उनले भने ‘वर्ग संघर्षको सर्वोच्च रुप हो। राजनीतिक आन्दोलनको एउटा उच्चतम माग हो।’
बादलले माओवादीले वर्ग संघर्ष गर्दा युद्ध गरेको र त्यहाँ हिंसा भएको माओवादीले स्वीकार गर्ने बताए। ‘जनयुद्ध भनेको युद्ध हो। युद्ध भनेको हिंसा हो। त्यहाँ मर्ने र मार्ने हुन्छ। अध्यक्षज्यू (केपी ओली)ले हिंसा भनेकोमा मेरो कुनै आपत्ति छैन। त्यो कुरालाई माओवादीले पनि मान्छ, उनले भने।
माक्सवादी वा सबै क्रान्तिकारीहरूले युद्धद्वारा पनि समस्याको समाधान हुन्छ भन्ने मान्यता राख्ने बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment