उद्योगसम्बन्धी नीतिगत सुधार गर्न सरकार प्रतिबद्ध छ: मन्त्री भण्डारी

डिसी नेपाल
२५ माघ २०८१ १७:३०
64
Shares

लुम्बिनी। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योगसम्बन्धी नीतिगत सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। उनले सरकारले उद्योगमैत्री नीति बनाउने उल्लेख गर्दै आगामी बजेट उद्योगीको हकहितमा विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे।

(बर्दघाट सुस्ता पश्चिम) जिल्लास्थित दुई मेगावाट क्षमताको सोलार प्लान्टको आज उद्घाटन गर्दै मन्त्री भण्डारीले वर्तमान सरकार देशको आर्थिक विकासमा टेवा पुर्‍याउन औद्योगिक क्षेत्रको विकास र स्वदेशमा रोजगार सिर्जना गर्न नीतिगत सुधारमा लागेको बताए। स्वच्छ र नवीकरणीय ऊर्जाको प्रवद्र्धन तथा विकास गर्न सरकार कटिबद्ध रहेको उनले बताए। मन्त्री भण्डारीले यसले स्वदेशी उत्पादनमा जोड दिनुका साथै ऊर्जा आत्मनिर्भरता हासिल गर्ने दिशामा महत्वपूर्ण कोसेढुंगा सावित हुने बताए।

मन्त्री भण्डारीले आजै परासीस्थित समृद्धि स्टिल उद्योग र लक्ष्मी हुुन्डाइ एसेम्बलिङ्ग प्लान्टको अवलोकन गरे। उद्योग अवलोकनका क्रममा उनले उद्योग क्षेत्रको सम्भाव्यता, उत्पादनशीलता र रोजगारी सिर्जनासम्बन्धी प्रत्यक्ष जानकारी लिए। उनले औद्योगिकीकरणलाई तीव्रता दिन आवश्यक नीतिगत सुधार तथा पूर्वाधार निर्माणका विषयमा उद्योगपतिसँग छलफल समेत गरे।

यसैगरी मन्त्री भण्डारीले स्वदेशमै सवारीसाधन एसेम्बल गरी आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड दिए। उनले नेपालमा सवारीसाधन निर्माण तथा एसेम्बलिङ उद्योगको विस्तारले मुलुकको औद्योगिक विकासलाई थप गति दिने विश्वास व्यक्त गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *