शिक्षालाई अब सीपसँग जोड्नुपर्छ : उपप्रधानमन्त्री सिंह
काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले अब शिक्षालाई सिपसँग जोड्नुपर्ने बताएका छन्।
शनिबार निर्भाना एकेडेमीको वार्षिकोत्सव समारोहलाई सम्बाधेन गर्दै उनले शैक्षिक प्रमाणपत्रसँगै अब अब सिपको प्रमाणपत्र पनि दिन सक्नुपर्ने बताएका हुन् । उनले शैक्षिकसँगै सीपको प्रमाणपत्र दिँदा विद्यार्थीमा आत्मबल बढ्ने बताए।
‘समयको माग र विद्यार्थीको चाहनाबमोजिम सिपलाई पनि जोडेर जाँदा अझ राम्रो हुन्छ,’ उनले भने।
उपप्रधानमन्त्री सिंहले अहिले नेपालमै गुणस्तरीय शिक्षा दिने शैक्षिक संघसंस्था रहेको भन्दै स्वदेशमै बसेर पनि गुणस्तरीय शिक्षा लिन सकिने बताए। तर, पढ्नका लागि विदेशनै जाने ट्रेन्ड चलेको भन्दै उनले त्यसलाई रोक्नका लागि कम्युनिकेसन ग्याप हटाउनुपर्नेमा जोड दिए।
शिक्षा क्षेत्रमा विद्यालयले पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ राम्रो गर्नका लागि पनि उनले शुभकामना दिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment