अध्यादेशको बाटो अलोकतान्त्रीक भयो : नारायणकाजी श्रेष्ठ

डिसी नेपाल
२६ माघ २०८१ १५:४९
68
Shares

रामपुर (पाल्पा) । नेपाल कम्युनिष्ट (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले हालै जारी गरेका अध्यादेश लोकतन्त्रको भावना विपरीत छन् भन्दै तिनको आलोचना गरेका छन्।

प्रेस सेन्टर नेपालले तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अलोकतान्त्रिक तरिकाबाट अध्यायदेश जारी गरेको आरोप लगाउँदै आफ्नो दल तिनका विरुद्धमा सदनमा उभिने बताए। राजनीतिक अधिकार प्राप्त भए पनि जनताले अझै पनि आर्थिक, समाजिक अधिकार प्राप्त गर्न नसकेको उनको कथन छ।

विधिको शासन उल्लंघन हुन नदिनेतर्फ पनि माओवादी केन्द्र सचेत रहेको उनले बताए। केन्द्रले सदन र सडकबाट सशक्त ढंगले सरकारको खबरदारी गर्दै आएको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *