खानेपानी मन्त्रालयमा भएको आगलागीको पुर्वाधार समितिद्वारा निरिक्षण

डिसी नेपाल
२७ माघ २०८१ १५:२४
80
Shares

काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको पुर्वाधार तथा विकास समितिले खानेपानी मन्त्रालयमा भएको आगलागीको निरिक्षण गरेको छ ।

आइतबार समितिका सभापति दिपक बहादुर सिंह नेतृत्वको समितिको टोलीले खानेपानी मन्त्रालयमा भएको आगलागीको स्थलगत निरिक्षण गरेको हो ।

समितिलाई खानेपानी मन्त्री प्रदीप यादवले आगलागीको घटना र क्षतिका बारेमा जानकारी गराउनुभएको थियो । समितिका सभापति दिपक बहादुर सिंहले यस घटनाले पाठ सिकाएको बताउँदै अब यस्ता घट्ना दोहोरिन नदिन सबै सचेत हुनुपर्ने बताए । उनले निरक्षणका क्रममा कार्यालयका कागजपत्रमा कुनैपनि क्षति नपुगेको समेत बताए।

सिंहदरवारस्थित खानेपानी मन्त्रालयमा शनिबार विहान आगलागी भएको थियो । प्रारम्भिक अनुसन्धानमा विद्युतीय तार सर्ट भएर आगलागी भएको हुन सक्ने देखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *