माओवादीद्वारा सात प्रदेश र ७७ जिल्ला इन्चार्जलाई जिम्मेवारी तोकियो

डिसी नेपाल
२७ माघ २०८१ २०:२९
1.0k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले सात प्रदेश र ७७ जिल्लाका इन्चार्जको जिम्मेवारी तोकेको छ ।

गत २१ माघमा बसेको केन्द्रीय कार्यालय (पदाधिकारी) बैठकले गरेको निर्णय आज परिपत्रमार्फत नेता कार्यकर्तालाई पठाइएको हो।

जसमा पार्टीका केन्द्रीय विभाग, वर्गीय संगठन, केन्द्रीय कार्यालय, प्रदेश र जिल्ला लगायतको कार्यविभाजन गरिएको छ।

महासचिव देव गुरुङले पठाएको परिपत्रमा संगठन विभागको प्रमुखमा जनार्दन शर्मालाई जिम्मेवारी दिइएको छ। आर्थिक उत्पादन संयन्त्रको इन्चार्जमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई जिम्मेवारी तोकिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *