कमल थापा धार्मिक भ्रमणको निमित्त दिल्ली प्रस्थान
काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापा विभिन्न धार्मिक कार्यक्रममा सहभागी हुनको निमित्त साेमबार भारतको राजधानी नयाँ दिल्ली तर्फ प्रस्थान गरेका छन्।
दिल्लीमा आयोजना गरिएको एक धार्मिक कार्यक्रममा सहभागी हुनाका साथै थापाले प्रयागराजमा चलिरहेको महाकुम्भमा स्नान गर्ने गर्ने कार्यक्रम रहेको छ। भ्रमणका क्रममा केही राजनीतिक भेटघाट पनि हुन सक्ने स्रोतले जनाएको छ।
भ्रमणमा थापा पत्नी प्रलिता थापा, पार्टीका महामन्त्री राजाराम बर्तौला, थापाका दाइ नेपाली सेनाका रथी (अप्रा) नेत्रबहादुर थापा र बहिनी रिता थापा छन्। थापा फाल्गुन १ गते स्वदेश फर्किने कार्यतालिका रहेको पार्टीका सहमहामन्त्री हिक्मतजङ्ग भण्डारीले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment