बुहारीले लिइन् सासूको ज्यान
काठमाडौं । धनुषामा सासूको हत्या आरोपमा प्रहरीले बुहारीलाई नियन्त्रणमा लिएको छ।
जनकनन्दनी गाउँपालिका-५ उधा बस्ने ६५ वर्षीया समुन्द्रीदेवी मण्डलको हत्या गरेको आरोपमा ३५ वर्षीया रक्षाकुमारी मण्डललाई प्रहरीले पक्राउ गरेको हो।
घरायसी विवादका क्रममा कुटपिट हुँदा समुन्द्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरीले रक्षालाई मंगलबार राति पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment