ओमाडा एन्ड जेइकोले मनायो नेपालमा ‘८०० प्लस’ सवारीसाधनको उत्सव

डिसी नेपाल
३० माघ २०८१ १८:३२
84
Shares

काठमाडौं। ओमाडा एन्ड जेइको अटोमोबाइल्स प्राइभेट लिमिटेडले नेपालभर सडकमा ८०० भन्दा बढी सवारीसाधन सञ्चालनमा ल्याएको उल्लेखनीय उपलब्धि हासिल गरेको घोषणा गरेको छ। यो उपलब्धि मनाउन काठमाडौं उत्तरढोकामा रहेको सोरूममा उत्सव कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा प्रतिष्ठित क्रिकेट खेलाडी एवम् ओमाडा एन्ड जेइकोका ब्रान्ड एम्बेसडर, दीपेन्द्र सिंह ऐरी उपस्थित थिए। साथै एसपिजि टिमबाट गौरव शारडा (निर्देशक), धिरेन तामाङ (ग्रुप अध्यक्ष), ज्ञानेन्द्र बहादुर चन्द (महाप्रबन्धक, सेल्स एन्ड मार्केटिङ) र राजेन्द्र तिमिलसेना (महाप्रबन्धक, फाइनान्स) पनि उपस्थित थिए।

कार्यक्रमको विशेष आकर्षण ८०० भन्दा बढी ओमोडा जेइकोको बिक्री समारोहमा ओमोडा एन्ड जेइकोका ब्रान्ड एम्बेसेडर दीपेन्द्र सिंह ऐरीसँग उत्सव मनाउनु रहेको कम्पनीले जनाएको छ। यस अवसरमा अतिथिहरूलाई ब्रान्ड एम्बेसडरसँग संवाद गर्ने, ओमाडा एन्ड जेइकोका मोडेलहरू अवलोकन गर्ने र नेपालको सन्दर्भमा ब्रान्डको यात्रा तथा भविष्यबारे जानकारी प्राप्त गर्ने मौका प्रदान गरिएको जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *