काठमाडौंको शंकरापुरमा स्कुल बस दुर्घटना
काठमाडौं। काठमाडौंको शंकरापुर नगरपालिकामा स्कुल बस दुर्घटना भएको छ। पिकनिक गएर फर्किएको बा २ ख ७९५८ नम्बरको स्कुलको विद्यार्थी बोकेका बस दुर्घटनामा परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
बसमा ४० जना भन्दा बढी सवार रहेका थिए। नगरकोट पिकनिक गएर फर्केको चाबहिलस्थित रहेको सत्यसाई (एसएस) स्कुलका विद्यार्थी बोकेको बस दुर्घटनामा परेको प्रहरी जनाएको छ।
प्रहरीका अनुसार अहिले घाइतेहरुको उद्धार गर्दै अस्पताल पठाउने काम भइरहेको छ। दुर्घटनामा केही व्यक्तिको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment